समाचार

टिप्परको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, ९ जेठ । तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका आकाश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ ।