काठमाडौँ, ९ जेठ । आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्