शैक्षिक

प्रधानाध्यापकको विवादले विद्यालय बन्द



अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेना शिवाहदह माविमा धानाध्यापकको विवादले एक हप्तादेखि विद्यालय बन्द भएको छ ।

विद्यालयको भौतिक निर्माणमा दलका प्रतिनिधिले हस्तक्षेप गरेको, बहालवाला प्रधानाध्यापकलाई हटाउन खोजिएको भन्दै विद्यार्थी आन्दोलित बनेपछि ५ सय भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट परेको तीन लाख, पुस्तकालय निर्माणका लागि प्रदेश सरकारबाट आएको तीन लाख रुपैयाँको काम नै गर्न नदिएर फ्रीज गराउन खोजेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको छ ।

वहालवाला प्रधनाध्यापक कृष्णप्रसाद शर्मालाइ हटाएर पहिला स्रोत ब्यक्ति बनेका गिरीबहादुर थापालाई प्रधानाध्यापक बनाउन एक पक्षीय लागेको स्थानीयको आरोप छ । पहिला देखिनै प्रधनाध्यापकको जिम्मेवारी सम्हाली रहेका कृष्णप्रसाद शर्मालाई नै प्रधनाध्यापक बनाउनु पर्ने स्थानिय र विद्यार्थीको समेत माग रहेको छ ।