भक्तपुर, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको दैनिकी विकास निर्माणमा नै व्यतित गर्दै एक विकास प्रेमी नेताको रुपमा स्थापीत हुनु भएको छ ।
बेलुका दिनभरिको कामको समिक्षा तथा विहान दिनभरको योजनाका साथ अघि बढ्ने सांसद बस्नेतले भक्तपुरको विकासलाई दैडाई रहनुभएको छ । हर दिन हर रात विकास र समृद्धिको सपना बोकी जनतासँग प्रत्यक्ष रुपमा हातेमालो गर्दै अघि बढ्ने सांसद बस्नेतले आफ्नो क्षेत्रको विकासको मुहार त फेर्नुनै भयो, त्यसको अलवा देशकै विकासे नेता तथा विकास र समृद्धिको मार्ग निर्देशकका रुपमा समेत स्थापित हुनु भएको छ ।
विकासमा एकता राजनीतिमा प्रतिपर्धा भन्ने मुख्य नारालाई अघि सारी उहाँले भक्तपुरमा विकासका काममा सवै राजनीतिक दल तथा सरोकारवाला निकायलाई एक ढिक्का बनाई गोलबन्द गरी तिव्र विकास भएको जिल्लाको रुपमा भक्तपुरलाई परिचत गराउन सफल हुनुभएको छ ।
दैनिक रुपमा विकास तथा सामाजिक कार्यमा अहोरात्र खटिने पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा शिक्षा, स्वास्थ्य, सडक, यातायात, खानेपानी, ढल, पुल लगायतका विकासका कार्यहरु जनताले प्रत्यक्ष रुपमा देख्ने गरी आफ्नो चुनावी एजेण्डाभन्दा बढी काम गरी जनताको अघि लोकप्रिय बन्न सफल हुनुभएको छ ।
नेपालकै सवैभन्दा कान्छो गाविस अध्यक्ष, युवा संघ नेपाल, उद्योगमन्त्री हुँदै वर्तमान समयमा नेकपाको केन्द्रीय सदस्यको मुख्य जिम्मेवारी सफलतापूर्व बहन गर्दै सांसद बस्नेतले पछिल्लो समय भक्तपुरलाई समृद्ध बनाउन साना तथा ठूला योजनाहरुलाई तिव्र गतिका साथ अघि बढाइरहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्