विश्व

‘ऐतिहासिक जनादेश’ दिएकोमा धन्यवाद, म जनताको लागि समर्पित हुनेछु : प्रम मोदी



एजेन्सी, १० जेठ । लोकसभा चुनावमा विगतको जित भन्दा उल्लेख्य जित हात पोपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जनादेश दिएकोमा सबै जनतामा धन्यवाद दिँदै आफु जहिले पनि जनताको लागि समर्पित हुने बताउनुभएको छ ।

बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा उहाँले भन्नभुयो, ‘आउने दिनहरूमा म खराब मनसाय वा खराब नियतले कुनै काम गर्ने छैन । काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन, हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु ।’

६० करोड मतदाताले सहभागिता जनाएकाकोमा मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले करिब ३५० भन्दा धेरै सीट जित्न सक्छ । गठबन्धनले २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने समेत देखिएको छ ।