Banner News

कसैको प्रभावमा परेर काम गर्न हुँदैन : आइजिपी खनाल



जनकपुरधाम, १० जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कसैको प्रभावमा परेर काम गर्न नहुने बताएका छन ।

शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आइजिपी खनालले न्याय निरूपणको कार्य सम्पादन गर्दा अनुसन्धानकर्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आइजिपी खनालले प्रहरीले अनुसन्धान गर्दा कसैको प्रभावमा परेर काम गर्न नहुने जिकिर गर्दै पीडितले न्याय पाउने किसिमले कार्य सम्पादन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिदै उनले अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मूल मर्म अनुसार कार्य सम्पादन गर्न सबै पक्षले ईमानदार प्रयास गर्नु पर्ने बताएका हुन् ।