Banner News

मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन भएर नै पारित हुन्छ : प्रवक्ता श्रेष्ठ



काठमाडौँ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने बताएका छन ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको बताउदै उनले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताएका छन ।

राष्ट्रियतालाई मूल आधार बनाएर नै विधेयक अघि बढाउने पार्टीको धारणा रहेको बताउदै प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक पनि राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने स्पष्ट पारेका छन  ।