काठमाडौँ, ११ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध युरो सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कतार एयरको उडानद्वारा साईप्रस जान लागेका २९ वर्षीय सन्त बहादुर तामाङ, २६ वर्षीया शोभा घले, क्रिष्टिना मगर, २६ वर्षीय रिसिप फाल, २३ वर्षीया लाक्पा डोल्मा शेर्पालाई अवैध रुपमा लुकाईछिपाई लैजान लागेको १२ हजार ३ सय युरोसहित पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा सन्त बहादुर तामाङको साथबाट ३ हजार ५ सय युरो, शोभा घलेको साथबाट २ हजार २ सय युरो, क्रिष्टिना मगरको साथबाट १ हजार ५ सय युरो, रिसिप फालको साथबाट ३ हजार ६ सय युरो र लाक्पा डोल्मा शेर्पाको साथबाट १ हजार ५ सय युरो फेला परेको प्रहरीले बताएको छ ।
पक्राउ गरेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्