कपिलवस्तु, १२ जेठ । कृषि तथा पशुपन्छी बिकासमन्त्री चक्रपाणी खनालले यसै वर्षदेखि किसान परिचयपत्र वितरण सुरु हुने बताएका छन ।
जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर १ पकडीमा आयोजित मायादेवी माछा ब्लक सञ्चालक समितिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले यस बर्ष कपिलवस्तुसहित ७ प्रदेशका सातै जिल्लामा किसान वर्गिकरण परिचयपत्र लागू गरिने बताए ।
परिचयपत्र वितरणले किसानको विवरण र वर्ग पहिचान हुनुका साथै किसानले परिचयपत्र अनुसारको किसान कल्याण कोषको शेयर पाउने बताए । किसानलाई ३ प्रतिशत ब्याजमा ऋण उपालब्ध गराउनुका साथै किसान कल्याण योजना अन्र्तगत किसानलाई पेन्सन उपलब्ध गराउन समेत परिचयपत्र सहयोगी हुने बताए ।
कार्यक्रमका लागि चालू बर्ष २५ करोड बिनियोजन गरिएको बताउदै उनले ३ बर्षको अवधिमा कपिलवस्तुलाई माछाको सुपर जोनको रुपमा बिकास गर्ने योजना समेत रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्