गोरखा, १२ जेठ । गोरखामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक वेपत्ता भएका छन् ।
शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर सिरानचोक गाउँपालिका –७ चिउरे भीरबाट दरौँदी नदीमा खस्दा सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय टिप्पर चालक सुमन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेपत्ता सहचालकको पहिचान खुलेको छैन । टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्