Banner News

राजश्व परामर्श समितिले बुझायो प्रतिवेदन, सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता



काठमाडौँ, १२ जेठ । राजश्व परामर्श समितिले अर्थमन्त्री डा। युवराज खतिवडाले प्रतिवेदन बुझ्दै बजेटमा भएका समस्याहरुलाई सुधार गर्ने  प्रतिबद्धता ब्यक्त गरेका छन ।

मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले आइतबा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो ।

समितिले सातवटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार पारेको हो । समितिले विभिन्न १० समूहमा समूहीकरण गरी प्रतिवेदन तयार गरेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री खतिवडाले राजस्व प्रणालीको सुधारलाई निरन्तर अघि बढाइने र करको दायरा विस्तार सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

आर्थिक वर्ष ७६र७७को बजेट आउन तीन दिन बाँकी छ । सरकारले विगतको वर्षको भन्दा बजेटको आकार बढाएर करिब १५ खर्ब विनियोजन गर्ने तयारी गरेको छ ।