सुनसरी, १२ जेठ । जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् ।
धरान-५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले बताएको प्रहरीले जनाएको छ । गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार प्रहरीले जनाएको छ ।घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्