विश्व

पेरुमा शक्तिशाली भूकम्प



एजेन्सी, १२ जेठ । दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो ।

रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ । भूकम्पले पुर्याएको क्षतीको विवरण आउन बाँकी रहेको छ ।