समाचार

बुद्ध एयरले काठमाडौँ – कोलकाता उडान गर्ने



काठमाडौँ, १२ जेठ । बुद्ध एयरले सोमबारदेखि काठमाडौँ – कोलकाता व्यवसायीक रुपमा उडान गर्ने भएको छ ।

बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ – कोलकाता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडौँ – कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।