समाचार

भक्तपुरमा शंकास्पद वस्तु फेला



काठमाडौँ, १३ जेठ । भक्तपुरमा शंकास्पद वस्तु फेला परेको छ ।

सोमबार बिहान भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।

सोमबार बिहान करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

आइतबार देखिनै भक्तपुर लगाएत उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ, प्रेसर कुकर बम तथा शंकास्पद वस्तु फेला परिरहेका छन् । जसबाट देशभरको जनजीवन त्रस्त बनेको छ ।