राजनीति

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय



हेटौंडा, १३ जेठ । प्रदेश नं ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा प्रदेश विकास परिषद् गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

आज बसेको बैठकले मन्त्रिपरिषद् निर्णयअनुसार प्रदेशको नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको । बैठकले आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेश प्रमुख अनुराधा कोइरालामार्फत जेठ १४ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरिएको बताइएको छ । बैठकले प्रदेश विकास परिषद्मा २५ सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । परिषद्का लागि जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न सङ्घसंस्था, निजी क्षेत्रलगायत विभिन्न समुदायका क्षेत्रबाट २५ जना मनोनित गरिएको हो । प्रदेश विकास परिषद् मुख्यन्त्रीको अध्यक्षतामा गठन हुने प्रावधान छ ।