काठमाडौँ, १४ जेठ । प्रमुख प्रतिपक्षी नेपाली सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गरेको दुई साता पुगेको छ ।
समाचारमा लेखिएको छ, अभियानका क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै अब पार्टीमा गुट अन्त्य हुनुपर्ने कुरा उठे पनि कतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ । अभियानकै सुरुको दिन अर्थात् वैशाख २५ मा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच भाषणका क्रममा आरोप–प्रत्यारोप भयो ।
त्यसपछि विवाद उत्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था आयो । घटनामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए ।
विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत उत्रिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्