बेलायत, १४ जेठ । बेलायतको लण्डनमा आयोजना गरिएको एनआरएन बहस कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लण्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहस’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो ।
एनआरएन अभियन्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सञ्चारकर्मी टीकाराम यात्रीले सञ्चालन गरेको पहिलो सेसनमा एनआरएनएन नागरिकता कार्यदलका संयोजक तथा अभियन्ता रामप्रताप थापा, एनआरएनए उपाध्यक्ष कुल आचार्य, अधिवक्ताद्धय गोविन्द्र बेलबासे, नारायण कँडेलसँग नागरिकताको विषयमा अन्तरक्रिया सम्पन्न गरिएको थियो ।
त्यस्तै, गैर आवासीय नेपाली लगानीका सम्बन्धमा अष्टेलियाका लागि नेपाली महावाणिज्य दूत दीपक खडका, एनआरएन यूकेका संरक्षक योगेन्द्रबहादुर क्षेत्री, आइसीसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीसँगे अन्तरक्रिर्या गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत डा.दूर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एनआरएनमा गोर्खा मुद्धाका संयोजक थर्क राना, भूतपूर्व सैनिक संघका अध्यक्ष केशरबहादुर गुरुङ, एनआरएन स्कटल्याण्डबाट अध्यक्ष मोहन कार्की, वेल्सका अध्यक्ष रामचन्द्र पौडेल, नर्दर आयरल्यान्डका अध्यक्ष लीलाराम निउरे, रिटार्यड मेजर डम्बर घले, एनआरएन सरक्षक सूर्य गुरुङ, नेपाल पत्रकार महासंघ यूकेबाट श्याम लुँइटेल, प्रेस युनियन यूके अध्यक्ष विपीन निरौला, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, एनआरएन यूकेका उपाध्यक्षहरु शेरबहादुर सुनार पुनम गुरुङ, प्रेम गाहा मगर, सुशीला राई, सचिव तारानाथ भण्डारी, कार्यसमिति सदस्य राजन खकुराल, मसनष खड्का, शिव कँडेल, युर्थ संयोजक लालबहादुर गुरुङ, मिडल्यान्डबाट एनआरएन यूके सल्लाहकार दयानिधि सापकोटा, डा बच्चु कैलाश, वरिष्ठ गायक प्रेम ध्वज प्रधानलगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्