काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई १२ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेकी छन ।
आज गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्त्वपूर्ण घडी आएको बताएकी छन ।
राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभइ जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।’
देशमा सुशासन, द्रुततर आर्थिक, सामाजिक विकाससहित समृद्धि हासिल गर्न सबै नेपालीको उत्तरदायित्व भएको बताउनु भएको छ । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात् देशमा सुशासन, द्रुततर आर्थिक, सामाजिक विकाससहित समृद्धि हासिल हुन्छ भन्ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सबैको सामूहिक उत्तरदायित्व हो ।’
‘सामाजिक न्याय र समानतामा आधारित समाजबादउन्मूख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिभाराले मूर्तरूप लिनेछ भन्नेमा विश्वस्त छु । मुलुकका समग्र विकास र समृद्धिका लागि आ आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सबै नेपाली दाजु भाइ दिदीबहिनीलाई अनुरोध हार्दिक आव्हान गर्दछु ।










प्रतिक्रिया दिनुहोस्