बर्दिया, १५ जेठ । बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ गाउँनम्बर ११ बाट तीन महिला बेपत्ता भएका छन् ।
गत बुधबार बिहान ५ बजेदेखि नजिक-नजिकै घर रहेका १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली बेपत्ता भएका हुन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् ।
घरबाट विहान ५ बजे उनीहरु सम्पर्कविहिन भएका उनीहरुको मोबाइल ‘स्वीचअफ’ र आफन्तकोमा समेत नभेटिएपछि परिवारजनले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्