एजेन्सी, १५ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको छ भने दर्जनौं बिरामी भएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेपनि स्थानीय मिडियाले भने १२ जनाको मृत्यु भएको बताएका छन् ।
बिरामी परेकहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । एबीपीका अनुसार यस उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्