काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नस्कने बताएका छन ।
बुधबार टुँडिखेलमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नस्कने बताउदै उनले भने, ‘त्यसैले हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।’
प्रधानमन्त्रीओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेको बताउदै उनले भने, ‘जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनसक्दैन ।’
प्रधानमन्त्रीओलीले भने ‘वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन् ।’










प्रतिक्रिया दिनुहोस्