Banner News

विकसित देशभन्दा नेपाल महिला अधिकारमा अघि : प्रधानमन्त्री ओली



काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित देशभन्दा नेपाल महिला अधिकारमा अगाडि रहेको बताएका छन् ।

बिहीबार  राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको बताउदै उनले भने,  ‘अहिले हामी ४० प्रतिशत महिला सहभागिता छ भनेर छाती फुलाएर भन्न सक्छौं, मुख्य कुरा सामाजिक जागरण बढेको छ ।’

प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउदै उनले भने, ‘प्राप्त अधिकार कार्यान्वयनमा भने केही समस्या छ, अध्यक्ष पुरुष, उपाध्यक्ष महिलाजस्तो देखिन्छ, तर माथिबाट सुधार गर्दै लगेका छौं’ उनले भने ‘राष्ट्रपति महिला, उपराष्ट्रपति पुरुष । सभामुख महिला पनि भएका छन् । माथिबाटै सुधार हुँदैछ ।’

नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका बताउदै उनले भने, ‘जहाँ दिदीबहिनीले मौका पाएका छन्, त्यहाँ आफ्नो क्षमता देखाएका छन्, पदचिह्न देखाएका छन् ।’