एजेन्सी, १६ जेठ । अष्ट्रियाको चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा सरगरमाथा दिवस मनाइएको छ ।
अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताए ।
उनले भने, ‘सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो, त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्नुहुने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ ।’
उपराष्ट्रपति पुनले नेपाल’समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन अष्ट्रियाली नागरिकलाई अपील गरेका छन ।










प्रतिक्रिया दिनुहोस्