काठमाडौँ, १६ जेठ । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जेठ २३ गते ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।
मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्