Banner News

प्रधानसेनापति थापा र इजरायलका राजदूत ओमेरबीच भेटवार्ता



काठमाडौँ, १६ जेठ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र मित्रराष्ट्र इजरायलका राजदूत बोनी ओमेरबीच भेटवार्ता भएको छ ।

बिहीबार जङ्गी अड्डामा थापा र ओमेरबीच भेटवार्ता भएको हो । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र राजदूतबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानएको छ ।