काठमाडौँ, १७ जेठ । हत्या आरोपमा गोरखाको पालुङटार नगरपालिका, कुमलटारका १३ जना कारागार चलान भएका छन् ।
जिल्ला न्यायाधीश रमेशकान्त धिकारीको इजलासले आरोपित १६ मध्ये तीन जनालाई जनही डेढ लाख रुपैयाँ धरौटीमा छाडेर अरूलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।
गत वैशाख १८ मा लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको बेहुली पक्षको कुटपिटबाट मृत्यु भएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्