समाचार

हावा हुरीसहित वर्षा हुने



काठमाडौँ, १७ जेठ । शुक्रबार मध्य पूर्व र पश्चिमका केहि स्थानमा साथै पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन, हावा हुरीसहित वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै साँझपख पनि मध्य र पुर्वका धेरै स्थान र पश्चिमका केहि स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमि पहाडी भू–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।