एजेन्सी, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् ।
मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् । ट्रम्पले एक ट्वीट गर्दै जून १० देखि मेक्सिकोबाट आउने सबैखाले सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । अवैध आप्रवासन दर यथावत रहेमा यसलाई विस्तारै वृद्धि गर्दै लगिने ट्रम्पको भनाइ छ ।
ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाले जून १० देखि मेक्सिकोबाट देशभित्र भित्रिने सबैखालका सामानमा ५ प्रतिशत कर लगाउने छ, जबसम्म अवैध आप्रवासीहरुको समस्या समाधान हुँदैन तबसम्म यो दर विस्तारै वृद्धि हुनेछ ।’ बीबीसीका अनुसार ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा संकट रहेको दाबी गर्दै राष्ट्रिय संकटकालको घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्