रौतहट, १७ जेठ । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
दक्षिणीभेग मौलापुर नगरपालिका नगरपालिका–९ सोनरनियामा ४० वर्षीय जयसी पटेलको बिहीबार राति ८ बजेतिर हावाहुुरीसंगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर पटेलको सोही घरमा रहेको दुई वटा बाख्रा समेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।









