एजेन्सी, १८ जेठ । पाकिस्तानमा सेनाका दुई उच्च अधिकारीलाई मृत्युदण्ड र एक अधिकारीलाई जन्म कैदको फैसला भएको छ ।
उनीहरुले अमेरिकी गुप्तचर निकाय सिआइएलाई सूचना दिएको आरोप रहेको अनुमान छ । तर कुन विदेशी एजेन्सीलाई सूचना प्रवाह गरेका हुन् भन्ने खुलाइएको छैन ।
उनीहरुमाथि विदेशी कूटनीतिक नियोग तथा एजेन्सीहरुलाई गम्भीर प्रकृतिका सूचनाहरु प्रवाह गरेको आरोप रहेको पाकिस्तानी सेनाले बताएको छ ।
अवकास प्राप्त लेफ्टिनेन्ट जनरल जावेद इक्बाललाई १४ वर्षको श्रम कदै फैसला गरिएको छ, पाकिस्तानमा यसलाई जन्मकैद मानिन्छ । सेवामा रहेका बेला इक्वाल सेनाको महत्वपूर्ण जिम्मेवारीमा थिए । उनले देश भित्र र बाहिर अवलम्बन गरिने सैने रणनीति बनाउनेसहितका जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्