म्याग्दी, १८जेठ । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ ।
कृषि विज्ञान विषयका लागी अठचालिस विद्यार्थीको कोटामध्ये यस वर्ष ४५ जना भर्ना भइसकेका र तीमध्ये२३ छात्रा र २२ छात्र छन् । वार्षिक एक हजार पूर्णाकको १० विषयमध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको पढाइ हुने सहायक प्रशिक्षक सन्दीप केसीले बताएका छन ।
कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुनेछ । कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीतिअनुसार यस वर्ष बाबियाचौरका साथै रघुगङ्गा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्