महोत्तरी, १८ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले जनअपेक्षा अनुसार देखिने गरी काम गरिरहेको र त्यसको अनुभूती जनताले छिटै गर्न पाउने बताएका छन ।
शनिबार महोत्तरीको बर्दिवासमा रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले देखिने गरी काम गरिरहेको बताउदै उनले कामको रिजल्ट आउन केही समय लाग्ने बताएका छन ।
सरकारका प्रवक्ता समेत रहेका उनले संघियताको सफलताको अगुवाई प्रदेश नं. २ ले गर्नुपर्ने बताए । प्रदेश नं. २ बाटै विकासको मोडल सुरु हुने बताउँदै मन्त्री बाँस्कोटाले समृद्ध तराई अभियान, शिक्षा, हुलाकी सडक जस्ता आयोजनाहरुबाट प्रदेशको विकास हुने भएकोले सघीय सरकारले ध्यान दिईरहेको बताए ।
रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवा आजदेखि औपचारिक रुपमा शुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्