राजनीति

नेपाल रेडक्रसलाई नेपाल सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा



काठमाडौं, १८ जेठ । गृह मन्त्री राम बहादुर थापा ९बादल०ले नेपालमा रेडक्रसलाई कानुनी हिसाबले मिलाउने र  व्यवस्थित गर्ने कुरा नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन ।

सिंहदरबारमा शुक्रबार नेपाल रेडक्रसको नवगठित तदर्थ केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुसँगको भेटमा गृहमन्त्री थापाले भने, ‘नेपाल रेडक्रसलाई कानुनी हिसाबले मिलाउने र  व्यवस्थित गर्ने कुरा नेपाल सरकारको प्राथमिकतामा छ ।’

सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष डा. विश्व केशर मास्केले कानुनी आधार बलियो बनाउन मस्यौदाको लागि काम सुरु गरिसकेको बताए  ।

नेरेसोको टोलीले शुक्रबार नै गृह सचिव प्रेम कुमार राईसँग छुट्टै भेट गरेको थियो । उक्त भेटमा गृह सचिव राइले भने, ‘रेडक्रस जस्तो सँस्थालाई व्यवस्थित गर्न कुरेर बस्ने अवस्था छैन् । नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ । तर समयरेखा अनुसार गर्नुपर्ने काममा ढीलाई नहुने व्यवस्था मिलाउनु महत्वपूर्ण छ ।’