रुपन्देही, १९ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणमा सुक्ष्म अध्ययन गर्नुपर्ने बताउँदै उक्त काण्डमा आफ्नो संलग्नता भेटिए तोकिएको सजायँ भोग्न आफु तयार रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवा विमानस्थलमा आयाजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो अनियमितता भएको र अख्तियारले सुक्ष्म अनुसन्धान गरी छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वर्तमान सरकार अधिनायक र निरंकुश भएको बताउँदै नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली सरकारको हरेक गतिविधीको निगरानी गर्दै खवरदारी गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्