काठमाडौँ, २१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ४ देशका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा गैरआवासीय राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरुमा ग्वाटेमालाका जियोभानी रेने क्यास्टिलो पोलान्को, बेल्जियमका फ्रान्कोइस डेलहाये, इरानका अली चेगेनी र अजरवैजानका असरफ शिखालीयेभ रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्