चितवन, २१ जेठ । नेपाल क्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का अध्यक्ष नारायण दाहालले क्रिकेट रंगशाला नेपालकै गौरव आयोजना भएको हुदाँ यस विषयमा सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको रंगशालामा बाटो विवादका कारण स्थानियले डोजर चलाएर भत्काएपछि उत्पन्न विवाद कायम रहेकै वेला आज स्थलगत अवलोकन गर्दै दाहालले रंगशालाका विषयमा सबै एकजुट हुनुपर्ने बताउनुभएको हो ।
उहाँले विकास गर्दै जादाँ केहि समस्या आउने र समस्या छलफलबाट निकास गर्न सकिने बताउदै रंगशालामा देखिएका समस्या सर्वपक्षिय छलफलबाट निकास दिन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले रंगशाला नै भत्काउनु दुखद् पक्ष रहेको भन्दै दोषीलाई कानुन अनुसार कार्वाही हुने हुदाँ अब सबैले यो गौरवको आयोजनामा थप उत्साहका साथ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले गौरवको आयोजना रंगशालामा भत्कीएको संरचना सासंद, मेयर रेनु दाहालसहित आम जनता सक्रिय भएर बनाएको भन्दै धुर्मुस सुन्तलीलाई ढुक्क भएर काम गर्न अपिल समेत गर्नुभयो । उहाँसगैँ स्थलगत निरीक्षणमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारसहित युवा नेताहरुको सहभागीता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्