पोर्चुगल, २१ जेठ । पोर्चुगलमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकललाई मोटरसाइकल ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं. ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको मृत्यु भएको हो ।
शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिएका छन् । मोटरसाइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।
उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्