राजनीति

भक्तपुरमा मन्त्री मगरद्वारा पार्क शिलान्यास तथा वृक्षारोपण हुने कार्यक्रमको तयारी पुरा



भक्तपुर, २१ जेठ । ४६औं विश्व वातावरण दिवसको अवसमा भक्तपुरमा खानेपानी मन्त्री विना मगरको प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतको विशेष आतिथ्यमा हुने पार्क शिलान्यास तथा वृक्षारोपण कार्यक्रमको तयारी पुरा भएको छ ।

हनुमन्ते नदी सफाई अभियानको आयोजनामा आगामी बुधवार सूर्यविनायक नगरपालिका स्थित सूर्यविनायक चोकदेखी वातावरण दिवसको अवसरमा र्याली सहित गणेश मन्दिरको बगलमा वृक्षारोपण एवं पार्क शिलान्यास हुने भएको हो ।

“स्वच्छ वायु,स्वस्थ जीवन” भन्ने मूल नाराको उदघोषका साथ जेष्ठ २२ गते विहान ठीक ७ बजे सूर्यविनायक चोकमा जम्मा भई वातावरण दिवसका भब्य रुपमा मनाउने तयारी गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई भब्य र सभ्य कार्यक्रममा सम्पूर्ण भक्तपुर बासि दाजु भाइ तथा दिदी बहिनिहरू र शुभचिन्तकहरूलाई उपस्थितीको लागि आमन्त्रण समेत गरेको छ ।

निर्धारित कार्यक्रममा जनप्रतिनिधिहरु, समाजमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका व्यक्तिहरु, नागरिक समाजका अगुवा, राजनैतिज्ञ, समाजसेवी, कलाकार, पत्रकार, नेपाल सरकारको मातहतमा रहेका सुरक्षा निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा रेडक्रस, स्काउट, शिक्षकहरु, विद्यार्थी, यौगिक संस्थाहरु एवं विभिन्न सामाजिक संघ–संस्था लगायतका समाजका हरेक तह तप्काका प्रबुद्ध वर्गहरुलाई सहभागीताको लागि आग्रह समेत गरेको छ ।

वेभ ग्रुप, कलकल ग्रुप, सोया, क्याप नेपाल, वी फर सोसाईटी, पातञ्जल योग समिति नेपाल, नेपाल फुलबारी, नेफ्सेम्याक, जीवन विज्ञान, नेपाल रेडक्रस, डीभाइन ग्रुप लगायतका संस्थाहरुको अभियानद्वारा आयोजित वातावरण दिवस कार्यक्रममा प्रत्यक्ष संलग्न रहि कार्यक्रम सफलीभुत पार्न क्रियाशिलता रहेको आयोजकले जानकारी दिएको छ ।