काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरण मैत्री हुनुपर्ने बताएका छन ।
आज विश्व वातावरण दिवशका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन हुन सके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने बताएका छन ।
उक्त शुभकामना सन्देशमा भनीएको छ, ‘मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुन आवश्यक छ । आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिम तर्फ सजग रहन आग्रह गर्नुभएको छ । विकास र संरक्षणको वीचमा तालमेल मिलाउने काम निकै चुनौतीपूर्ण हुन्छ । हामीले बहुआयमिक समृद्धि हासिल गर्दै जाँदा वातावरणीय विनाश हुँदै गयो भने त्यस्तो खालको प्रगति दीगो र सबैका लागि उपयोगी हुन सक्दैन, प्रत्येक नेपाली नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने आफ्नो मौलिक हकको सुनिश्चितताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्न अझ तत्परता र कृयाशीलताका साथ योगदान गर्नु हुनेछ भन्नेमा समेत म विश्वस्त छु ।’
‘वायुको स्वच्छता कायम गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको प्रत्याभूति गर्ने अभियानले भावी पुस्ताका लागि पनि यो मौलिक हक उपभोग सुनिश्चित गर्नेछ, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामीले वातावरणको स्वच्छता कायम गर्न सक्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्