काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसका अवसर वृक्षारोपण गरेका छन ।
बुधबार सिंहदरबारभित्र राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गरेका हुन ।
उक्त वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भूमिसुधारमन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगरलगायतले वृक्षारोपण गरेका छन ।










प्रतिक्रिया दिनुहोस्