राजनीति

अध्यक्ष दाहाल र इरानी राजदूत डा. चेगेनीबीच भेटवार्ता



ललितपुर, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि इरानका राजदूत डा.अली चेगेनीबीच भेटवार्ता भएको छ ।

बुधबार अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान मूलुकको आर्थिक समृद्धिमा रहेको बताउदै उनले भने, ‘हामी नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनाउन चाहान्छौं ।’

अध्यक्षले इरान र नेपाल पुराना मित्र राष्ट्र भएको बताउदै नेपाल प्राकृतिक रुपमा धेरै सुन्दर देश भएकाले पर्यटन क्षेत्रको विकासका लागि प्रसस्त सम्भावना रहेको बताए ।

इरानी राजदूत डा। अलीले नेपालमा काम गर्नका लागि आफूहरुसँग राम्रो क्षमता भएको बताउदै उनले चिकित्सा शिक्षा, कृषि, खानी लगायतका क्षेत्रमा आफूहरु काम गर्न इच्छुक रहेको बताए ।