धादिङ, २३ जेठ । धादिङबाट गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ ।
पक्राउको क्रममा उनले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्