विश्व

चीनले समुद्रबाट रकेट प्रक्षेपण : २०३० सम्म अमेरिकालाई उछिन्ने चीनको लक्ष्य



एजेन्सी, २३ जेठ । चीनले पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरेको छ । चिनियाँ समय अनुसार बुधबार १२स्६ मा पहिलो पटक सफलतापूर्वक रेकट प्रक्षेपण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

‘लङ मार्च(ज्ञज्ञ’ नाम गरेको उक्त रकेट पूर्वी प्रान्त साङडोङस्थित यल्लो सीबाट रकेट प्रक्षेपण गरिएको चीनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले घोषणा गरेको हो । रकेटले ५ वटा व्यवसायिक र २ वटा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि गरी ७ वटा स्याटालाईट पृथ्वीको कक्षमा छोड्ने बताइएको छ ।

२० दशमलव ८ मिटर लामो उक्त रकेटको तौल ५८ टर रहेको छ भने ३८० किलो कार्गो बोक्न सक्ने क्षमता रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले सन् २०३० सम्म अन्तरिक्षमा अमेरिकालाई उछिन्दै पहिलो हुने लक्ष्य लिएको छ ।