ललितपुर, २३ जेठ । ललितपुरमा आमा छोरीको शव झुण्डिएर अवस्थामा फेला परेको छ ।
बिहीबार महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडास्थित जानी शर्मा र उनकी छोरी राधिका शर्माले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
मृतक आमा छोरी केही महिना अगाडि मुगुबाट कालेश्वर बसाईं सरेर आएका थिए । आमा छोरी बुधबार नै झुण्डिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
आत्महत्याको कारण भने अहिले नै नखुलेको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्