सप्तरी, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एरिया इञ्चार्ज ‘रञ्जित’ले राजीनामा दिएका छन् ।
बिहीबार पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले एक प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा दिएको बताएका छन् ।
उनको प्रेस विज्ञप्तिमा भनीएको छ, सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल हुन्छ भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातक सिद्ध हुनेछ, ‘हतियार सबै समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नं एरिया इञ्चार्जको पदमा कामकाज गर्दै आएकामा आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिई स्वतन्त्र नेपाली नागरिकका रुपमा जीवनयापन गर्न चाहेको छु ।’
अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहने समेत प्रेस विज्ञप्तिमा जनाइएको छ । रञ्जित तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत संलग्न थिए ।










प्रतिक्रिया दिनुहोस्