समाचार

घुससहित इन्स्पेक्टर पक्राउ



रुपन्देही, २४ जेठ । इलाका प्रहरी कार्यालय, रनेउरा रुपन्देहीका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत घुससहित पक्राउ परेका छन् ।

बिहिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निरीक्षक बस्नेतलाई घुसबापत् लिएको १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।