राजनीति

सरकारको राम्रो काम देखेर आत्तिएका व्यक्तिद्वारा सामाजिक सञ्जालमा गलत प्रचार



काठमाडौँ, २५ जेठ । सवै नेपाली नागरिकलाई रोजगारीको ज्ञारेन्टी गर्दै रोजगारीको निम्ती विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्ने मूख्य उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको सरकारको राम्रो काम देखेर आत्तिएका व्यक्ति वा समूहद्वारा समाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै आपत्ती जनाईएको छ ।

शुक्रवार भक्तपुरबाट शुरु गरिएको उक्त कार्यक्रमको अनावश्यक रुपमा सामाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै कार्यक्रममा संयोजक तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले उक्त गलत प्रचारको कडा रुपमा खण्डन गर्नुभएको छ । उहाले भन्नु भएको छ, ‘आज प्रधानमन्त्रीबाट सुभारम्भ गरिएको सुबर्ण चोक तिनधारा सडकको बाटो बनाउन लागेको फोटोलाई मकै गोडेको भनेर केही अराजक राजनैतिक आग्रह रख्ने व्यक्तीहरुले गरेको प्रचारको खण्डन गर्दछु । स्थानीय जनताले बाली लगाएको मकैको बोट फाडेर बाटो बनाउन सहजीकरण गरिदिनुभएको छ ।’

आफ्नो गाउँ आफै बनाऔं भन्ने मुख्य नारालाई सार्थकतामा पुर्याउने ऐतिहासिक कार्य शुरु भएको उल्लेख गर्दै भन्नुभएको छ, ‘सवै नेपाली जनताको साथ नै समृद्ध नेपाल सुखी नेपालीको अभियानले सार्थकता पाउनु हो । राम्रो कामको समर्थन र नराम्रो कामको खबरदारी गर्नु आम नेपाली जनताको कर्तव्य हो । तर कुनै राजनीतिक कुण्ठा बोकी आम नेपाली युवाहरुको भाग्य र भविष्य निर्धारण गर्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को सुभारम्भलाई सुनियोजित तरिकाले प्रचार गर्नु दुःखद् कुरा हो ।’

सूर्यविनायक नगरपालिका वार्ड नं ५ का अध्यक्ष राजकुमार जोशी ले बाटोको ६ मिटरको चैडा बिस्तार गर्न स्थानीय आफैले टेप समाएर लगाएको बाली फाडेर सहयोग गरेको जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी दिनेश न्यौपानेले भन्नुभयो ‘सबैको साथ सहयोग र समर्थनमा हामी यो सडक बनाइने छौं । भक्तपुरको बिकाशको लहरले हामी उत्साही छौं । सांसद महेश बस्नेत र मेयर बसुदेब थापाको प्रयास र मिहेनतलाई सदैब साथ दिनेछौं ।’