राजनीति

वैदेशिक रोजगारीमा जाने कामदारको अनलाइनबाटै बिमा हुने



काठमाडौँ, २६ जेठ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको बैदेशीक रोजगार विभागले आगामी आर्थिक वर्षदेखी रोजगारीका लागि विदेश जाने कामदारहरुको बिमा अनलाइन प्रणालीबाट गर्ने तयारी गरेको विभागले जानकारी दिएको छ ।

रोजगारीको खोजीमा विदेशिने कामदारले घरमै बसेर मोबाइलबाटै बिमा सेवा लिन सक्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले गर्ने म्यादी बिमामा हुने अनियमिताता रोक्न तथा कामदारमाथि आइपर्ने समस्या निराकरण गर्न अनलाइन प्रणालीको प्रावधान अघि सारिएको विभागले जनाएको छ ।

अनलाइन बिमा गर्दा आफूले श्रम स्विकृति लिएको म्यानपावरको नामसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिने विभागले जनाएको छ । अनलाइन प्रणालीमार्फत बिमा गर्दा कामदारको समयको बचत हुने मात्र नभई ठगी कम हुने समेत विभागको विश्वास छ ।