एजेन्सी, २७ जेठ । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
शनिबार राजधानी अबुजातर्फ आइरहेको बस र विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस ठोकिदा दुर्घटनाग्रस्त भएको राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले जनाएको छ ।
उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्